Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

धादिङ त्रिपुरासुन्दरीमा पाँच वर्षीय बालिका बलात्कृत 

धादिङ त्रिपुरासुन्दरीमा पाँच वर्षीय बालिका बलात्कृत 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १७, २०७९ शुक्रवार • २१:१९:५५ बजे
  • 535
    SHARES
  • धादिङ त्रिपुरासुन्दरीमा पाँच वर्षीय बालिका बलात्कृत 

    धादिङ- धादिङ त्रिपुरासुन्दरीमा ५ वर्षीय बालिका बलात्कृत भएकी छिन । बालिका बलात्कार गरेको आरोपमा त्रिपुरासुन्दरी
    गाउँपालिका–३ मूलपानीका ४० वर्षीय टङ्कबहादुर विकलाई पक्राउ गरेको छ।

    images

    पीडितका बाबुआमा मेलापात गएको बेला एक्लै पारेर बालिकालाई असार १५ गते बलात्कार गर्नुका साथै बालिकालाई बोकेर आफ्नो घरतर्फ लगेको भन्दै पीडित परिवारले असार १६ गते उजुरी दिए सँगै निज विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जागेश्वर भण्डारीले बताए।

    पीडित परिवारले आरोपितविरुद्ध जबरजस्ती करणी र अपहरण मुद्दामा कारबाही गर्न उजुरी गरेका छन् । पीडितको स्वास्थ्य परीक्षण तथा उपचार असार १६ गते धादिङ अस्पतालमा भएको छ ।

    कसैको मन्जुरी बिना करकाप, डर, धम्कि वा बल प्रयोग गरी जबरजस्ति गरिने यौनसम्पर्कलाई बलात्कार मानिन्छ । त्यसैगरि उमेर नपुगेको ब्यक्तिलाई ललाई फकाई, मञ्जुरी लिई वा नलिई गरिने यौनक्रिडालाई पनि बलात्कार कै रूपमा लिईन्छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology