Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बेनी-जोमसोम सडक अवरुद्ध

बेनी-जोमसोम सडक अवरुद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १८, २०७९ शनिवार • १४:५२:२१ बजे
  • 709
    SHARES
  • बेनी-जोमसोम सडक अवरुद्ध

    म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शनिबार बिहानदेखि अवरुद्ध भएको छ ।

    images

    म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा शुक्रबार राति पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा यातायात सेवा बन्द भएको हो ।

    बेनी-जोमसोम-कोरला सडक आयोजनाका सुपरभाइजर ईन्द्रसिंह शेरचनले सडकको बिचमा ठुलो ढुङ्गा खसेर अवरोध भएको बताए । ‘सडक खुलाउने काम भइरहेको छ’ उनले भने ।

    सडक स्तरोन्नतिको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीको डोजर परिचालन गरेपनि सफल नभएपछि विस्फोटक पदार्थको प्रयोग गरेर ढुङ्गा फुटाउन सडक आयोजनामार्फत जिल्ला प्रशासन कार्यालयमा प्रस्ताव गरिएको छ ।

    नेपाली सेनाको टोलीलाई विस्फोटक पदार्थको प्रयोग गरेर ढुङ्गा फुटाई सडक खुलाउन काभ्रेभीर पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    सडक अवरुद्ध हुँदा बेनीबाट मुस्ताङतर्फ र मुस्ताङबाट म्याग्दीतर्फ आउने जाने सवारीसाधन बीच सडकमा रोकिएका छन् ।

    अत्यावश्यक कामले गन्तव्यमा पुग्नुपर्ने सवारीसाधन परिवर्तन गरेर यात्रा गर्न बाध्य छन् । स्थानीयवासी, मुस्ताङ घुम्ने पर्यटक र मुक्तिनाथ दर्शनका लागि आउने र जाने भक्तजनलाई समस्या भएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology