Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा क्षेत्रीय विमानस्थलकाे रिट्ठेपानी डाँडा काट्ने बाटो खुल्यो

पोखरा क्षेत्रीय विमानस्थलकाे रिट्ठेपानी डाँडा काट्ने बाटो खुल्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १९, २०७९ आइतवार • १३:५३:१८ बजे
  • 976
    SHARES
  • पोखरा क्षेत्रीय विमानस्थलकाे रिट्ठेपानी डाँडा काट्ने बाटो खुल्यो

    पाेखरा । भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘एप्रोच’मा पर्ने पूर्वपट्टिको रिट्ठेपानी डाँडा काट्ने बाटो खुलेको छ।

    images

    हवाई क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र वन विभागबीच डाँडा र त्यहाँका रूख काट्न सहमति भएको हो। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार विमानस्थलको धावनमार्गको एप्रोचमा पर्ने पूर्वपट्टिको डाँडा अग्लो हुँदा हवाई उडान र अवतरणमा समस्या आउने भएपछि कटानका लागि प्रक्रिया अघि बढाइएको थियो।

    विभागसँगको सम्झौतापछि डाँडासहित त्यहाँका ६ सय रूख काट्ने बाटो खुलेको उनले जानकारी दिए। ‘रूख मात्र काटेर हुँदैन। डाँडाको उचाइ पनि घटाउनुपर्छ।

    रूखका कारण डाँडा कटान रोकिएको थियो। अब बाटो खुलेको छ,’ उनले भने, ‘वन विभागसँगको सहमतिबिना रूख काट्न नपाउने भएपछि प्रक्रिया लम्बिएको थियो। तर अब सहज हुनेछ।’ डाँडा र रूख कटानका लागि प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेको थियो। त्यही प्रतिवेदनअनुसार डाँडा काट्न ६ सय रूख काट्ने प्रक्रिया अघि बढाइएको थियो।

    ‘सहमति जुटेकाले अब टेन्डर प्रक्रिया सुरु हुन्छ। वर्षायाम भएको र टेन्डर प्रक्रियाका कारण डाँडा र रूख कटानका लागि अझै केही समय लाग्नेछ,’ उनले भने, ‘जतिसक्दो छिटो हुनेगरी कटान सुरु गर्ने प्रयास भइरहेको छ।’

    याे खबर नागरिक दैनिकमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology