Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
  • ट्रेण्डिङ :
images

भारतीय दूतावासका सुरक्षागार्डद्वारा आफैंलाई हानी आत्महत्या

भारतीय दूतावासका सुरक्षागार्डद्वारा आफैंलाई हानी आत्महत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २०, २०७९ सोमवार • १४:४६:३५ बजे
  • 760
    SHARES
  • भारतीय दूतावासका सुरक्षागार्डद्वारा आफैंलाई हानी आत्महत्या

    काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत भारतीय सुरक्षागार्डले ड्युटी समयमै आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।

    images

    दूतावास सुरक्षार्थ तैनाथ निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक सिंहले आफूसँग रहेको इन्सास राइफलले आफैंलाई गोली हानेका हुन् ।

    घटनाबारे सूचना पाएलगत्तै त्यसबारे बुझ्न काठमाडौं उपत्यका अपराध अनुसन्धानका एसपी दीनेश आचार्य दूतावास पुगेका थिए ।

    घटनास्थल दूतावासभित्रै भएका कारण भारतीय पक्षले नै त्यसको अनुसन्धान गरी शव व्यवस्थापन गर्ने तयारी गरेको छ । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology