Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

खोलामा डुबेर बालकको मृत्यु

खोलामा डुबेर बालकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २१, २०७९ मंगलवार • २२:१८:४५ बजे
  • 949
    SHARES
  • खोलामा डुबेर बालकको मृत्यु

    कपिलवस्तुको सुरही खोलामा डुबेर आज एक बालकको मृत्यु भएको छ ।

    images

    शिवराज नगरपालिका–२ का आठ वर्षीय सुचान रोकाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

    वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीका अनुसार बहिनी र साथीसँगै घरबाट निस्केका रोका पौडी खेल्ने क्रममा डुबेको जानकारी दिनुभयो । रोकाकी बहिनीले स्थानीयवासीलाई घटनाबारे जानकारी गराएकी थिइन् ।

    रोकाको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । यसअघि पनि सोही स्थानमा पौडी खेल्ने क्रममा डुबेर तीन युवाको मृत्यु भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology