Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दुर्घटनाका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने

दुर्घटनाका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७९ बुधवार • १०:०८:२३ बजे
  • 919
    SHARES
  • दुर्घटनाका घाइतेको उपचार खर्च सरकारले बेहोर्ने

    प्रदेश १ सरकारले सवारी दुर्घटनाका कारण घाइते भएकाको उपचार खर्च बेहोर्ने भएको छ ।

    images

    मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले बीमा रकमभन्दा बढी हुने उपचार खर्च सरकारले दिने निर्णय गरेको हो ।

    प्रदेश मातहतका सवारी दुर्घटनामा घाइतेको उपचारमा जटिलता आएपछि यस्तो निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बताए ।

    बीमा रकमभित्र उपचारमा समस्या नभएको तर त्योभन्दा बढी खर्च लाग्ने अवस्थामा सरकारले निर्णय गरेर उपचार खर्च बेहोर्ने व्यवस्था गरेको हो ।

    बैठकले यसअघि गरेको प्रदेश यातायात व्यवस्था निर्देशनालय हटाउने निर्णय सच्याएको छ । प्रदेश यातायात व्यवस्था ऐनको प्रतिकुल हुनेगरी यसअघि मन्त्रिपरिषद् बैठकले निर्देशनालय हटाएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology