Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एक परिवार कोरोना भाइरसको संक्रमणले बेहाल, परिवारका ३ सदस्यले ज्यान गुमाए

एक परिवार कोरोना भाइरसको संक्रमणले बेहाल, परिवारका ३ सदस्यले ज्यान गुमाए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २१, २०७७ आइतवार • १३:५९:४५ बजे
  • 970
    SHARES
  • एक परिवार कोरोना भाइरसको संक्रमणले बेहाल, परिवारका ३ सदस्यले ज्यान गुमाए

    मोरङ विराटनगरको एक परिवार कोरोना भाइरसको संक्रमणले बेहाल भएको छ । ३० दिनभित्रै परिवारका ३ सदस्यले ज्यान गुमाएका छन् । परिवार नै उजाड भएको छ ।

    images
     

    विराटनगर महानगरपालिका ११ का एक ७० वर्षीय वृद्धको साउन २३ गते मृत्यु भयो । उनको मृत्यु भएको १८ दिनमा कान्छी छोरी र त्यसको १० दिनमा ठूली छोरीले कोरोना भाइरसका कारण ज्यान गुमाए ।

    बाबुको मृत्युको कारण नखुले पनि दुबै छोरीको मृत्यु कोरोना भाइरसको संक्रमणले भएको विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले नागरिकखबरलाई जानकारी दिए ।

    कार्कीका अनुसार साउन २३ गते ७० वर्षीय वृद्धको ज्यान गएको थियो । भदौ ९ गते ४० वर्षीया कान्छी छोरी र भदौ १९ गते अर्की ४३ वर्षीया ठूली छोरीको कोरोना भाइरसका कारण ज्यान गयो ।

    परिवारका ७ सदस्य मध्ये ३ जनाले ज्यान गुमाए । अन्यको कोरोना परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको महानगरपालिकाले जनाएको छ ।

    सुरुमा ज्यान गुमाउने ७० वर्षीय वृद्धकी ६३ वर्षीया श्रीमती, दुई छोरा र अर्की छोरीको कोरोना रिपोर्ट नेगेटिभ आए पनि परिवारका सबै सदस्य त्रसित छन् ।

     

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology