Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

क्यानडासँग नेपालको लज्जास्पद हार

क्यानडासँग नेपालको लज्जास्पद हार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०७९ बिहिवार • ११:३७:४७ बजे
  • 1.1K
    SHARES
  • क्यानडासँग नेपालको लज्जास्पद हार

    एकदिवसिय अभ्यास खेलमा घरेलु टोली क्यानाडासँग नेपालले लज्जास्पद हार बेहोरेको छ ।

    images

    बुधबार राति भएको खेलमा नेपाल क्यानाडासँग ८३ रनले पराजित भएको हो । किङ सिटी स्टेडियममा १८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १०५ रनमा समेटियो ।

    नेपालका ब्याटर देव खनालले सर्वाधिक २६ रन बनाए । पवन सर्राफले १४, विनोद भण्डारी, बसिर अहमेद र आदील आलम समान १३ रन, कप्तान सन्दीप लामिछानेले ११ रन बनाए । रोहित पौडेल ६, करण केसी ५, कुशल भुर्तेल १ रनमा आउट हुँदा दिपेन्द्र सिंह ऐरी र आरिफ शेख खाता खोल्न सकेनन् ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाउदै १८८ रनको योगफल तयार पारेको थियो । क्यानडाका लागि श्रेयस मोभाले सर्वाधिक ५० रन बनाए ।

    यस्तै, आरोन जोनसनले ४४, अमर खालीदले ३० रनको योगदान गरे । नेपालका कप्तान सन्दीपले ३ विकेट लिए । यस्तै, दीपेन्द्र ऐरीले २ तथा बसिर अहमेद, किशोर महतो,करण केसी र आदील आलमले समान एक विकेट लिए ।

    यस अघि अघिल्लो एकदिवसीय खेल भने वर्षाको कारण स्थगित भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology