Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गायिका दिलमाया सुनारको पोष्टमार्टम रिपोर्ट आयो : मृत्युको कारण पासो लगाएर झुण्डिएको

गायिका दिलमाया सुनारको पोष्टमार्टम रिपोर्ट आयो : मृत्युको कारण पासो लगाएर झुण्डिएको

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०७९ बिहिवार • १७:३२:२१ बजे
  • 1.4K
    SHARES
  • गायिका दिलमाया सुनारको पोष्टमार्टम रिपोर्ट आयो  : मृत्युको कारण पासो लगाएर झुण्डिएको

    नेपालटारस्थित डेरामा मृत भेटिएकी लोक गायिका दिलमाया सुनारको पोष्टमार्टम रिपोर्ट आएको छ ।

    images

    असार ११ मा विहान उनी आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी थिइन् । सो घटनामा प्रहरीले सिन्धुपाल्चोक घर भएका सूर्य श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

    गायिकाका बुवा केशर बिकले हत्या आरोपमा किटानी जाहेरी दिएका छन् । त्रिवि शिक्षण अस्पतलामा शव पोष्टमार्टम गरिएको थियो । चिकित्सकले गायिकाको मृत्युको कारणमा ‘झुन्डिएर मृत्यु’ भन्ने रिपोर्ट दिएका छन् ।

    मृत्युको कारण ‘झुन्डिएर’ भन्ने रिपोर्ट आएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । १२ दिनदेखि प्रहरी हिरासतमा रहेका श्रेष्ठको बयानको आधारमा प्रहरीले महाराजगञ्जस्थित कतार भिसा सेन्टर अगाडिको झाडीबाट सल बरामद गरेको छ ।

    गायिकाको शव भेटिनु अघिको रातमा श्रेष्ठ उनको कोठामा गएका थिए । गायिकाको मोवाइल अझै फेला परेको छैन । मोबाइलबारे आरोपीले पनि आफुलाई थाहा नभएको बताउने गरेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए ।

    आरोपी श्रेष्ठले बिहान आफु ब्यूँझँदा गायिका झ्यालको भेन्टिलेशनमा पासो लगाएर झुण्डिएको देखेको बयान दिएका छन् । ‘बचाउन’ आफुले डण्डी फुकाउँदा उनको शरीर चिसो भएपछि छाडेर भागेको श्रेष्ठले प्रहरीलाई बताएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology