Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्ने हर्क साम्पाङको घोषणा

गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्ने हर्क साम्पाङको घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०७९ शुक्रवार • १०:४२:३६ बजे
  • 571
    SHARES
  • गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्ने हर्क साम्पाङको घोषणा

    धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गाडी बेचेर रोलर किन्ने घोषणा गरेका छन् ।

    images

    उनले मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्न लागिएको सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै जानकारी दिएका हुन् ।

    गाडी बेचेर रोलर किन्ने उनको प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन समेत गरेको उनले जनाएको छ ।

    उनले फेसबुकमा लेखेका छन्, ‘मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटो भरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने बिचार छ मेरो ।

    आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ । जय धरान ।’ स्वतन्त्र रुपमा मेयरमा निर्वाचित साम्पाङले नगपालिकाले किनिएको स्कर्पियो गाडी प्रयोग गरेका छैनन्। उनी आफ्नै मोटरसाइकल चढिरहेका छन्।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology