Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०७९ शुक्रवार • ११:५८:२७ बजे
  • 1.0K
    SHARES
  • बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

    किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सल्यानबाट दुईजनालाई पक्राउ गरेको छ ।

    images

    १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

    पक्राउ पर्नेहरुमा जाजरकोट भेरी नगरपालिका–१२ बलगाड बस्ने २३ वर्षीय रमेश भण्डारी र २१ वर्षीय डिल्ली बस्नेत छन् ।

    किशोरीलाई ठुलीआमाको घरमा सुतिरहेको अवस्थामा त्यहाँ गएर जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

    इलाका प्रहरी कार्यालय राँगेचौरले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology