Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

टी-२० विश्वकपको ट्रफी ३० अगष्टमा नेपाल ल्याइने

टी-२० विश्वकपको ट्रफी ३० अगष्टमा नेपाल ल्याइने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०७९ शुक्रवार • १४:३८:३७ बजे
  • 1.3K
    SHARES
  • टी-२० विश्वकपको ट्रफी ३० अगष्टमा नेपाल ल्याइने

    आइसिसी टी-२० विश्वकप २०२२ ‘ट्रफी टुर’ सुरू भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसीले शुक्रबारदेखि ट्रफी टुर सुरू जनाएको हो ।

    images

    उक्त ट्रफी आगामी ३० अगस्टमा अस्ट्रेलिया हुँदै काठमाडौं ल्याइने छ । तर, ट्रफि काठमाडौंका कुन–कुन स्थानमा राख्ने भन्नेचाहिँ तय भइसकेको छैन । ट्रफी नेपालबाट सिंगापुर लगिने जनाइएको छ ।

    ट्रफी टुर विभिन्न १३ देशका ३५ स्थानमा गरिनेछ । नेपालसहित, फिजी, फिनल्यान्ड, जर्मनी, घाना, इन्डोनेसिया, जापान, नामिबिया, सिंगापुर र भानुआटुमा पहिलो पटक टी–२० विश्वकपको ट्रफी पुग्न लागेको हो ।

    अस्ट्रेलियाको ७ शहरमा हुने प्रतियोगिता आगामी १६ अक्टोबरमा सुरू हुँदैछ । १३ नोभेम्बरमा हुने फाइनल खेल मेलवर्न क्रिकेट मैदानमा हुने तालिका छ ।

    प्रतियोगितामा १६ टिमबीच ४५ खेल हुनेछ । नेपालले गत वर्ष ओमानमा भएको छनोट खेलमा भाग लिएको थियो । तर सेमिफाइनलमा युएईसँग पराजित भएपछि विश्वकप २०२२ मा छनोट हुन असफल बन्यो ।

    सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी–२० विश्वकप संयुक्तरूपमा आयोजना गर्दैछन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology