Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बलात्कार मुद्दामा हद म्याद बढाइयो

बलात्कार मुद्दामा हद म्याद बढाइयो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०७९ शुक्रवार • १४:४०:३५ बजे
  • 721
    SHARES
  • बलात्कार मुद्दामा हद म्याद बढाइयो

    बलात्कार मुद्दामा हद म्याद बढाइएको छ । शुक्रबार बसेको संसदको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठबले बालिगको एक वर्ष र नाबालिगको हकमा २ वर्ष हद म्याद बढाउन सहमति जुटाएको हो ।

    images

    समितिले यौनहिंसा विरुद्धका केही ऐन संसोधन गर्न बनेको बिधेयकको मस्यौदामाथिको छलफलमा हद म्याद बढाउने सहमति जुटाएको हो । महिला अधिकारकर्मीले भने बलात्कार मुद्दामा हद म्याद हटाउनुपर्ने माग गर्दै आएका थिए ।

    समितिले जुटाएको सहमतिअनुसार अब कुनैपनि बलात्कारमा परेका नाबालिगले बालिग (१८ वर्ष पूरा भएको) ३ वर्षपछि अर्थात २१ वर्षको उमेर हुँदासम्म उजुरी गर्नुपर्ने छ भने बालिगको हकमा भने घटना भएको २ वर्षभित्र उजुरी गर्नुपर्ने छ ।

    यस्तै, थुनामा रहेको वा अपहरणमा रहेको अवस्थामा बलात्कारमा परेको भए थुनामुक्त वा अपहरणमुक्त भएको दुई वर्ष ३ महिनाभित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।

    यस्तै, समिति सभापति कृष्णभक्त पोखरेलका अनुसार अपाङ्गता, जेष्ठ नागरिक र सुस्त मनस्थिति भएका व्यक्तिले भने घटना भएको ३ वर्षभित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology