Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २६, २०७९ आइतवार • १२:००:४४ बजे
  • 928
    SHARES
  • बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

    धनकुटाको सहिदभूमि गाउँपालिका–५ का वडाअध्यक्ष सन्तोष राईलाई प्रहरी पक्राउ गरेको छ। २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा वडाअध्यक्ष राईलाई प्रहरी पक्राउ गरेको हो ।

    images

    राईले शुक्रबार एक एक महिलालाई होटलमा लगि बन्धक बनाई बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध शनिबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो।

    पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि धनकुटा बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दाहालले बताए।

    राईले ती युवतीलाई तेह्रथुमको वसन्तपुरस्थित ताप्लेजुङ होटलमा पुर्याएर बन्धक बनाएर बलात्कार गरेको आरोप लागेको छ।

    धनकुटाको हिले घुम्न जाउँ भनि बोलाएर वसन्तपुर पुर्याइ राति होटलमै बन्धक बनाइ राखि बलात्कार गरेको पीडित पक्षले दिएको उजुरीमा उल्लेख छ। पक्राउ परेका राईमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    घटनास्थल तेह्रथुम भएकाले कारबाहीको प्रक्रियाको लागि तेह्रथुम प्रहरीलाई जिम्मा लगाउने प्रहरीले जनाएको छ। पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा गरिएको छ। आरोपित राई नेपाली कांग्रेसबाट उम्मेदवार बनी वडा अध्यक्षमा निर्वाचित भएका थिए।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology