Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

होटलमा २१ वर्षीय युवती मृत फेला

होटलमा २१ वर्षीय युवती मृत फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २६, २०७९ आइतवार • १३:१४:५१ बजे
  • 862
    SHARES
  • होटलमा २१ वर्षीय युवती मृत फेला

    बुटवलको गोलपार्कस्थित एक होटेलमा एक युवती मृत फेला परेकी छन् ।

    images

    पूर्वी पाल्पाली गाल्धाली होटेलमा असार २४ गते राति बास बसेकी २१ वर्षीय सदीक्षा गुरुङ कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीका अनुसार शुक्रबार राति एक युवकसँग होटलमा आइबसेकी उनलाई शनिबार मध्याह्न कोठा चेकआउट गर्न भन्दै जाँदा होटल साहुले झुन्डिएको अवस्थामा फेला पारेका हुन् । उनले प्रहरीलाई खबर गरेपछि प्रहरी पुगेर शव निकालेको हो ।

    शव परिवारले पहिचान गरेको र पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको केसीले बताए । सदीक्षासँगै बसेका युवकलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए । प्रहरीले युवकको परिचय भने खुलाएको छैन ।

    उनी घटनापश्चात फरार भएका थिए ।

  • सम्बन्धित विषय:

  • # होटलमा युवती मृत फेला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology