Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्लास्टिकले छोपियो टेकुको फोहोर

प्लास्टिकले छोपियो टेकुको फोहोर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २६, २०७९ आइतवार • १६:४५:५३ बजे
  • 760
    SHARES
  • प्लास्टिकले छोपियो टेकुको फोहोर

    काठमाडौं महानगरले टेकुमा थुप्रिएको फोहोर प्लास्टिकले छोपेको छ ।

    images

    ट्रान्सफर स्टेशनमा रहेको फोहोरमा औषधि छर्किएर प्लास्टिकले छोपिएको हो । बञ्चरे डाँडा जाने सडक वर्षाले बिग्रिएपछि फोहोर ढुवानी हुने सकेको छैन । त्यसैले फोहोर संकलन गरेर टेकुस्थित ट्रान्सफर स्टेशनमा थुपारिएको छ ।

    थुपारिएको फोहोरले दुर्गन्ध बढ्ने भएकाले जिवातु हालेर प्लास्टिकले छोपिएको मेयर बालेन्द्र साहका सचिवालय सदस्य सुनिल लम्सालले बताए । फोहोरमा जीवातु हालेर प्लास्टिकले छोपेपछि दुर्गन्ध कम हुने उनको भनाइ छ ।

    लम्सालले मौसममा सुधार भएपछि फोहोरलाई ल्याडफिल साइटमा लैजाने बताए । टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ । त्यसमध्ये ३० रोपनीमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ ।

    बाँकी क्षेत्रमा हरियाली बगैंचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको प्रयास रहेको छ ।

    हिमालखबरबाट

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology