Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एलन मस्कविरुद्ध ४४ अर्ब डलरको मर्जर पूरा गर्न माग गर्दै मुद्दा दायर

एलन मस्कविरुद्ध ४४ अर्ब डलरको मर्जर पूरा गर्न माग गर्दै मुद्दा दायर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २९, २०७९ बुधवार • १८:२०:५६ बजे
  • 1.3K
    SHARES
  • एलन मस्कविरुद्ध ४४ अर्ब डलरको मर्जर पूरा गर्न माग गर्दै मुद्दा दायर

    एजेन्सी । विश्व प्रसिद्ध सामाजिक सञ्जाल कम्पनी ट्वीटरले एलन मस्कविरूद्ध कानूनी लडाई सुरु गरेको छ । ट्वीटरले डेलावेयर अदालतलाई सम्झौता बमोजिम ४४ अर्ब डलरको मर्जर पूरा गर्न माग गर्दै मस्कविरूद्ध मुद्दा दायर गरेको हो ।

    images

    एलन मस्कले ट्वीटरले नक्कली र स्प्याम खाताहरूको संख्याबारे जानकारी नदिएको भन्दै अलग्गिने घोषणा गरेपछि उनीविरुद्ध मुद्दा दायर भएको हो ।

    मस्क फोब्र्सको संसारको सबैभन्दा धनी व्यक्तिहरूको सुचीमा २५ औँ स्थानमा सुचिकृत भएका थिए र २०१९ को ‘मस्ट इनोभेटिब लिडर’मा पहिलो स्थान मा परेका थिए ।

    उनलाई ५४ दशमलव २० डलरको हिसाबले प्रतिशेयर सम्झौता पूरा गर्न आदेश दिन माग गरिएको छ । व्यक्तिगत स्वार्थ पूरा गर्न नसकेका कारण मस्कले सम्झौताबाट पछि हटेको भन्दै सम्झौताको नियम उल्लघंन गरेको आरोप लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    ट्वीटर कम्पनीका अध्यक्ष ब्रेट टेलरले आफ्नो दायित्वप्रति मस्क जिम्मेवार हुनुपर्ने बताएका छन् । ट्वीटर सम्झौता भएपछि टेस्ला कम्पनीको शेयरका साथै शेयर बजारमा गिरावट आएको रिटमा आरोप लगाइएको छ ।

    मस्कको सम्पत्ति २०२१ को नोभेम्बरमा १ सय बिलियन डलरको गिरावट आएका कारण यो सम्झौताबाट उनीपछि हट्न खोजेको जनाइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology