Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमणमुक्त भएका व्यक्तिमा ३ महिनापछि फोक्सोको समस्या हुनसक्छ : क्लिनिक युनिभर्सिटी

कोरोना संक्रमणमुक्त भएका व्यक्तिमा ३ महिनापछि फोक्सोको समस्या हुनसक्छ : क्लिनिक युनिभर्सिटी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २२, २०७७ सोमवार • १३:०३:१३ बजे
  • 2.1K
    SHARES
  • कोरोना संक्रमणमुक्त भएका व्यक्तिमा ३ महिनापछि फोक्सोको समस्या हुनसक्छ : क्लिनिक युनिभर्सिटी

    एजेन्सी । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) का विषयमा नयाँ तथ्य खुलेको छ । कोभिड संक्रमण पछि अस्पताल बसेर संक्रमणमुक्त भएका बिरामीमा घर फर्किएको ३ महिनापछि सम्मपनि फोक्सोको समस्या आउने एक अध्ययनमा पत्ता लागेको छ ।

    images
     

    सामान्यतया प्राय व्यक्ति संक्रमणको छ हप्तासम्ममा पूर्ण स्वास्थ्य हुन्छन् । तर, अध्ययनका क्रममा केही व्यक्तिमा भने संक्रमणको छ हप्तापछि पनि श्वासप्रश्वास तथा सुख्खा खोकीको समस्या भएको पाइएको छ ।

     

    अष्ट्रियाको टाइरोलेन क्षेत्रमा विभिन्न संस्थाले अध्ययनका लागि डिस्चार्ज भएको ६, १२ तथा २४ हप्ता पुगेका कोरोना संक्रमितलाई फेरि अस्पतालमा भर्ना गराएका थिए । जसमा आधाभन्दा बढी व्यक्तिमा मुख्यतया श्वासप्रश्वासको समस्या देखिएको थियो । सिटिस्क्यानमा ८८ प्रतिशतमा फोक्सोको समस्या देखिएको थियो ।

     

    अध्ययनमा संलग्न युनिभर्सिटी क्लिनिक इन्सब्रकका क्लिनिकल पिएचडीकी विद्यार्थी डा.सविना सहानिकले अध्ययनका क्रममा कोभिड संक्रमणको १९ हप्तापछि बिरामीमा फोक्सोको समस्या देखिएको बताएकी छन् । यस्तै समयसँगै उक्त समस्या कमहुँदै जाने पनि अध्ययनमा पत्ता लागेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology