Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला

विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३०, २०७९ बिहिवार • १३:४२:१२ बजे
  • 673
    SHARES
  • विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला

    डोटी, गोरखा र रुपन्देहीमा चार जना व्यक्ति मृत अवस्थामा भेटिएका छन् । काठमाडौंको नागार्जुन नगरपालिका–१ रानीवनस्थित मानव सेवा आश्रममा धादिङ कल्लेरी गाउँपालिका–७ घर भएका ६५ वर्षीय नवराज परियार बुधबार मृत अवस्थामा फेला परेका छन् ।

    images

    हाल काठमाडौं महानगरपालिका–२२ हनुमानढोकास्थित सडकमा बस्ने परियारलाई गत शनिबार उद्धार गरी उक्त आश्रममा राखिएकोमा सुतिरहेको अवस्थामा उनको शव फेला परेको हो ।

    डोटीको पुर्वीचौकी गाउँपालिका–३ ठाडा गाउँ बस्ने ६० वर्षीया मनसरी बोहरा सोही गाउँपालिका–६ गण्डिगाड खोलाको किनारमा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

    शनिबार घरबाट हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो । गोरखाको गोरखा नगरपालिका–८ आहाले गाउँस्थित बाटोको छेउमा सोही ठाउँ बस्ने २४ वर्षीय अनिष आले बुधबार मृत अवस्थामा फेला परेका छन् ।

    रूपन्देहीको तिलोत्तमा नगरपालिका–१ शिव चोकस्थित सडक किनारामा हाल पहिचान नखुलेका अन्दाजी ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology