Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लोकप्रिय बन्दै अरिङ्गालका परिकार

लोकप्रिय बन्दै अरिङ्गालका परिकार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३१, २०७९ शुक्रवार • ११:२४:५९ बजे
  • 1.2K
    SHARES
  • लोकप्रिय बन्दै अरिङ्गालका परिकार

    अरिङ्गालको परिकार चाख्नुभएको छ ? यदि छैन भने म्याग्दी आउनुहोस् । यहाँ तपाईँ अरिङ्गालको परिकार खान पाउनुहुन्छ । सदरमुकाम बेनीस्थित एउटा रेष्टुरेन्टले अरिङ्गालको परिकार बनाउने गरेको छ । परिकार खान चार दिन अघि नै अर्डर गर्नुपर्छ ।

    images

    एक प्लेट फ्राइ अरिङ्गालको लार्भालाई रु ५०० तिर्नुपर्छ । जङ्गल तथा ग्रामीण भेगमा सर्वसाधारण अरिङ्गालको गोला खोज्न जुट्छन् । मुख्यतथा असारदेखि असोजसम्म यस्तो क्रम बढी चल्छ । अरिङ्गालको गोला काटेर त्यसबाट लार्भा (किरा) निकालिन्छ ।

    बेनीको वीरेन्द्रचोकस्थित होटल रोजिनाकी सञ्चालिका सिर्जना भट्टचनले अरिङ्गालको परिकार बनाएर बिक्री गर्दै आउनुभएको छ ।

    सिर्जनालाई ग्राहकले ‘अरिङ्गालवाली’को नामले चिन्ने गरेका छन् । यसरी व्यापार गर्न थालेको पाँच वर्ष भएको भट्टचन बताउनुहुन्छ । “ग्राहकको रोजाइमा अरिङ्गालको परिकार बढी पर्छ”, उहाँले भन्नुभयो । भट्टचनको अरिङ्गाल व्यापार बेनीमा मात्रै सीमित छैन ।

    काठमाडौँ, पोखरालगायत ठाउँबाट समेत माग आउन थालेको छ । “परिकार बनाई प्याकिङ गरेर पठाउने गरेकी छु”, उहाँले भन्नुभयो । फ्राइ अरिङ्गाल प्रतिप्लेटको रु ५०० पर्छ । यही परिकारबाट हरके याममा रु चार लाखदेखि रु ६ लाखसम्म कमाइ हुने गरेको उहाँ बताउनुहुन्छ ।

    अरिङ्गालको लार्भा एक माना १ एक हजार ६०० देखि रु दुई हजारसम्ममा उहाँले खरिद गर्नुहुन्छ । यसरी खरिद गरेको अरिङ्गाल भुटेर भट्टचनले बिक्री गर्नुहुन्छ । “हाल दैनिक १० देखि १५ प्लेटसम्म बिक्री गर्न सकिएको छ, साउनदेखि असोज अन्तिमसम्म दैनिक ५० प्लेटसम्म बिक्री हुन्छ”, उहाँले भन्नुभयो ।

    भिरमह शिकारलाई जस्तै अरिङ्गाल शिकारलाई पनि सरकारले अनुमतिपत्रको व्यवस्था गर्नुपर्ने माग बढेको छ । सामुदायिक वन तथा व्यक्तिगत जग्गामा रहेका रुखबाट अरिङ्गालको शिकार गर्न पाइने वा नपाइने भन्नेबारे वन डिभिजन कार्यालयसित कुनै जवाफ भने छैन ।

  • सम्बन्धित विषय:

  • # अरिङ्गालका परिकार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology