Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पावर हाउसमा मृतकका परिवारलाई गाउँपालिकाको राहत

पावर हाउसमा मृतकका परिवारलाई गाउँपालिकाको राहत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३२, २०७९ शनिवार • ०९:५९:१० बजे
  • 751
    SHARES
  • पावर हाउसमा मृतकका परिवारलाई गाउँपालिकाको राहत

    हिमा गाउँपालिका १ आचार्य लिहीमा पहिरोले विद्युत् गृह भाँसिदा मृत्यु भएकाका परिवारलाई स्थानीय तहले एकलाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ।

    images

    शुक्रवार घटनास्थलको अवलोकनपछि गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले मृतकका परिवारलाई तत्काल राहतस्वरूप एक लाख रकम दिने निर्णय गरेको बताएका हुन्। अध्यक्ष शाहीका अनुसार घटनाको स्थलगत अनुगमन गरिसकेपछि बसेको कार्यपालिकाको बैठकले यस्तोे निर्णय गरेको हो।

    बैठकले क्षतिग्रस्त विद्युत् गृहको निर्माणका लागि प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छ। प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले संघीय सरकारको तर्फबाट प्रतिव्यक्ति एक लाखको दरले राहत प्रदान गर्ने व्यवस्था भएको जानकारी दिइन्।

    जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, हिमा गाउँपालिका अध्यक्ष शाही, प्रमुख जिल्ला अधिकारी प्रसाईँ, सुरक्षा निकायका प्रमुख, नेपाल पत्रकार महासंघ, उद्योग वाणिज्य संघ, गैसससहितको टोलीले घटनास्थलको अवलोकन गरेको हो।

    आचार्य लिहीमा रहेको भित्री खोला लघुजलविद्युत्को पावर हाउस पहिरोले भासिँदा विद्युत् अपरेटर गोरखबहादुर रावतकी श्रीमती र दुई छोरोको मृत्यु भएको थियो।

    ३० वर्षीया विमला, ९ वर्षीय भरत रावत र ८ वर्षीय सूर्यको मृत्यु भएको हो। पहिरोले जमिन भाँसिदा गोरख गाउँमा रहेको र उनका परिवार पावर हाउसमै सुतेको प्रहरीले जनाएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology