Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखराबाट साढे २ लाख नगदसहित ६ जुवाडे पक्राउ

पोखराबाट साढे २ लाख नगदसहित ६ जुवाडे पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३२, २०७९ शनिवार • १०:२१:२३ बजे
  • 823
    SHARES
  • पोखराबाट साढे २ लाख नगदसहित ६ जुवाडे पक्राउ

    पोखरा महानगरपालिका–८ न्यूरोडमा जुवा खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    images

    न्यूरोडका नवीन गौचनको घरमा जुवा खेलिरहेको सूचना पाए लगतै जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नगद दुई लाख ५३ हजार ५ रुपैयाँ सहित ६ जनालाई नियन्त्रणमा लिएको हो।

    जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार मुस्ताङको थासाङ गाउँपालिका–३ घर भई पोखरा–८ मा ३२ वर्षीय नवीन गौचन, थासाङ–३ नै घर भई पोखरा महानगरपालिका–८ पृथ्वी चोकमा बस्ने ५४ वर्षीय सोमत तुलाचन, र पोखरा–२ अर्चलबोटका ५३ वर्षीय विराट केसीलाई पक्राउ गरिएको हो।

    यस्तै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ घर भई हाल जिल्ला कास्की पोखरा–८ न्यूरोड बस्दै आएका ४९ वर्षीय कबिन तुलाचन, पोखरा–११ फूलबारीका ४६ वर्षीय अमित गुरुङ र पोखरा–१२ फूलबारी बस्ने ४५ वर्षीय नरकाजी गुरुङ पनि पक्राउ परेका छन्।

    उनीहरूका विरुद्ध सार्वजनिक हितविरित जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले बताएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology