Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाबाट मृत्यु हुने व्यक्तिको अंग निकालिन्छ भन्दै अन्तर्वार्ता दिने लिम्बुला पक्राउ

कोरोनाबाट मृत्यु हुने व्यक्तिको अंग निकालिन्छ भन्दै अन्तर्वार्ता दिने लिम्बुला पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २२, २०७७ सोमवार • १४:१०:५० बजे
  • 1.2K
    SHARES
  • कोरोनाबाट मृत्यु हुने व्यक्तिको अंग निकालिन्छ भन्दै अन्तर्वार्ता दिने लिम्बुला पक्राउ
    विभिन्न युट्युब च्यानलमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको अंग निकालिन्छ भन्दै अन्तर्वार्ता दिएका सुवास सुब्बा लिम्बुलाई प्रहरीले पक्राउ गरि कानुनी कार्वाही सुरु गरेको छ ।

    महाशाखाका एसएसपी दीपक थापाका अनुसार अफवाह फैलाएको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले लिम्बुलाई सोमबार विहान ललितपुर ढोलाहिटीमा रहेको उनको अन्तिम विकल्प आयुर्वेद क्लीनिकबाट पक्राउ गरिएको हो।  

    पक्राउ परेका लिम्बुलाई प्रहरीले अफवाह फैलाएको कसुरमा म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी गरेको छ। उनले पछिल्लो समयम विभिन्न युट्युव च्यानलमा आफुले कोरोनाको भ्याक्सिन बनाएको भन्दै समेत आएका छन्। उनले कोरोनाबाट मृत्यु हुनेको शव नदेखाइनु, पोष्टमार्टम नगरिक दाहासंस्कार गरिनुले उनीहरुको अंग झिकिएको हुनसक्ने भन्दै अफवाह फैलाएका थिए।  

    लिम्बुले आयुर्वेदसम्वन्धी काम गर्दै आएको बताएका छन्।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology