Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँमा स्कुल बस र मोटरसाइकल ठोक्कियो, युवकको मृत्यु

तनहुँमा स्कुल बस र मोटरसाइकल ठोक्कियो, युवकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३२, २०७९ शनिवार • १९:५१:५४ बजे
  • 1.1K
    SHARES
  • तनहुँमा स्कुल बस र मोटरसाइकल ठोक्कियो, युवकको मृत्यु

    तनहुँको व्यास नगरपालिका–११ शेरामा स्कुल बस र मोटरसाइकल ठक्कर खाँदा आज एक जनाको मृत्यु भएको छ ।

    images

    सोही वडामा रहेको माया युनिभर्स एकेडेमी स्कुलको बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार युवाको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही वडाको बेल्टारी बस्ने २३ वर्षीय विक्रम सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय सुजन सुनार घाइते भएको प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइतेको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको छ ।

    घाँसी कुवाबाट फराकचौरतर्फ जाँदै गरेको ग १ क २६८३ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको ग १५ प ६५०४ नंको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology