Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विश्वकप क्रिकेट लिग दुईः नेपाल नामिबियासँग पराजित

विश्वकप क्रिकेट लिग दुईः नेपाल नामिबियासँग पराजित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १, २०७९ आइतवार • १०:२६:३४ बजे
  • 1.2K
    SHARES
  • विश्वकप क्रिकेट लिग दुईः नेपाल नामिबियासँग पराजित

    आइसिसी पुरुष विश्वकप लिग दुई त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल फेरि पनि नामिबियासँग पाजित भएको छ । स्कटल्याण्डको कम्बसदुन न्यू ग्राउन्ड, एयरमा गए राति सम्पन्न खेलमा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको हो ।

    images

    जारी सिरिजमा यसअघि भएको पहिलो खेलमा पनि नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नामिबियाले जितका लागि नेपाललाई २०० रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल ३७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १३६ रनमा समेटियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाए ।

    त्यस्तै आसिफ शेखले ३४ रन जोड्दा आदील आलमले २० रन बनाए । रोहित पौडेलले १७ तथा पवन सर्राफ १० रनमा अविजित रहे । आरिफ शेखले चार रन तथा देव खनाल र सोमपाल कामीले एक–एक रन जोडे भने कुशल भुर्तेल, कप्तान सन्दीप लामिछाने र बसिर अहमेदले खाता खोल्न सकेनन् ।

    नामिबियाका बेर्नार्ड स्कोल्ट्जले पाँच विकेट लिए भने जान फ्राइलिङ्कले तीन विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १९९ रन बनाएको थियो । नामिबियाका लागि कप्तान जेहार्ड एरास्मसले सर्वाधिक ५३ रनको योगदान दिए ।

    यस्तै डेभिड विएसले ३४ रन जोड्दा जेजे स्मिथ र डिभान ला ककले समान २७ रन जोडे । जान निकोल र रुबेन ट्रम्पेलम्यानले समान १९ रन बनाए । नेपालका कप्तान सन्दीप लामिछानेले चार विकेट लिए भने सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान दुई–दुई विकेट लिए ।

    बसिर अहमेदले एक विकेट लिए । सिरिजअन्तर्गतको अन्तिम खेल नेपालले आज स्कटल्याण्डसँग खेल्नेछ । यसअघि भएको खेलमा नेपालले स्कटल्याण्डलाई पाँच विकेटले हराएको थियो । यसैगरी यस हारसँगै नेपाल लिग दुईको अङ्क तालिकाको छैटौँ स्थानमा झरेको छ ।

    नेपालले १९ खेलमा १७ अङ्क जोडेको छ । नामिबिया भने १८ खेलमा १८ अङ्क जोडेर पाँचौँ स्थानमा उक्लिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology