Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
  • ट्रेण्डिङ :
images

सेतीमा बाढी, कटान रोक्न सशस्त्र प्रहरी परिचालन

सेतीमा बाढी, कटान रोक्न सशस्त्र प्रहरी परिचालन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १, २०७९ आइतवार • १८:१६:२४ बजे
  • 532
    SHARES
  • सेतीमा बाढी, कटान रोक्न सशस्त्र प्रहरी परिचालन

    लगातारको वर्षाका कारण डोटीस्थित सेती नदीमा पानीको बहाव बढेको छ । नदीमा आएको बाढीले यहाँका बानीडुग्रीसैन, कालागाढ, रामपुर, घोल्तडा, भागेतडा, गोपघाट, नारीदाङलगायत ठाउँमा जमिन कटान गरिरहेको छ ।

    images

    बाढीले कटान गर्न थालेपछि अहिले रोकथामका लागि डोटीको दिपायलस्थित सशस्त्र प्रहरीको ३६ नम्बर गणको टोली परिचालन गरिएको छ ।

    गएराति मात्र शिखर नगरपालिका–१० बानीडुग्रीसैनमा सेतीले कटान गरेपछि रोकथाम तथा नियन्त्रणका लागि सशस्त्र प्रहरीको ३६ नम्बर गणबाट सशस्त्र प्रहरी निरीक्षक डबलबहादुर ऐडीको नेतृत्वमा ४५ सशस्त्र प्रहरी खटिएको गणपति वीरसिंह साहुले जानकारी दिए ।

    टोलीले ढुङ्गा तथा बालुवाका बोरा राखेर कटान रोक्ने काम गरिरहेको छ । सेतीमा पानीको बहाव बढेपछि सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबैलाई आग्रह गरेको छ ।

    काढीले विभिन्न स्थानमा धान खेतसमेत कटान गर्न थालेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology