Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

‘बर्थिङ सेन्टर’ १ हप्तादेखि बन्द, महिलाले स्टेचरमै जन्माइन् शिशु

‘बर्थिङ सेन्टर’ १ हप्तादेखि बन्द, महिलाले स्टेचरमै जन्माइन् शिशु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३, २०७९ मंगलवार • ११:२०:१८ बजे
  • 961
    SHARES
  • ‘बर्थिङ सेन्टर’ १ हप्तादेखि बन्द, महिलाले स्टेचरमै जन्माइन् शिशु

    नरहरिनाथ गाउँपालिका–६ माल्कोटस्थित स्वास्थ्यचौकी बन्द हप्तादिनदेखि बन्द छ ।

    images

    पालिकाले करारका स्वास्थ्यकर्मी हटाउँदा स्वास्थ्यचौकी बन्द भएको हो । स्वास्थ्यचौकी बन्द हुँदा सेवाग्राहीलाई समस्या भएको स्थानीय रामबहादुर बटालाले गुनासो गरे ।

    स्वास्थ्यकर्मी नहुँदा सोमबार एक महिलाले स्टेचरमा बच्चा जन्माएकी छन् । उनी बेथा लागेको ४ घण्टासम्म स्वास्थ्यचौकी बाहिर बसेकी थिइन् ।

    करारका स्वास्थ्यकर्मी हटेपछि ‘बर्थिङ सेन्टर’ बन्द भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अम्मर बटालाले बताए । ‘दुई स्थायी स्वास्थ्यकर्मी बिदामा हुनुहुन्छ ।

    त्यसले सुत्केरीले ४ घण्टासम्म बाहिरै बस्नुपरेको हो ।’ पालिकाले बिदा गरेका करारका स्वास्थ्यकर्मी शान्ति बुढालाई ती गर्भवतीलाई सेवा दिन आग्रह गरेको र सुत्केरीको ज्यान जोगिएकोे उनले बताए । आमा तथा नवशिशुको अवस्था सामान्य रहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology