Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

डुम्रे-बेँसीसहर सडक पुनः अवरुद्ध

डुम्रे-बेँसीसहर सडक पुनः अवरुद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ४, २०७९ बुधवार • १०:०७:३२ बजे
  • 814
    SHARES
  • डुम्रे-बेँसीसहर सडक पुनः अवरुद्ध

    निरन्तर वर्षाका कारण आएको बाढी–पहिराले डुम्रे-बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ ।

    images

    उक्त सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडा पहिराले सडक अवरुद्ध भएको हो । रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने उक्त खण्डको रिठ्ठेबगरमा लेदोसहितको पहिराले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

    उनले भने, ‘अवरुद्ध सडक मङ्गलबार बिहानदेखि सञ्चालनमा आएको थियो, तर वर्षा भइरहँदा गए रातिदेखि पुनः लेदो खसेर सडक अवरुद्ध भएको छ ।’

    आकस्मिक कामका लागि बेँसीसहरबाट काठमाडौं, पोखरा, चितवनलगायत स्थानमा जान लागेका यात्रु सडक अवरुद्धका कारण मारमा परेका छन् ।

    गए रातिदेखि हालसम्म पानी निरन्तर परिरहको छ । लेदोसमेत बगिरहेको छ । पानी परिरहेकाले सडक बनाउन कठिनाइ भइरहेको डुम्रे–बेँसीसहर–चामे योजना सडक कार्यालय लमजुङले जनाएको छ । यस सडकको दूरी ४२ किलोमिटर छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology