Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

करेन्ट लागेर चालकको मृत्यु

करेन्ट लागेर चालकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २२, २०७७ सोमवार • १६:३६:५३ बजे
  • 856
    SHARES
  • करेन्ट लागेर चालकको मृत्यु

     स्काभेटरलाई विद्युत् तारले छुँदा करेन्ट लागेर सोमबार एक चालकको निधन भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा उत्तरगया गाउँपालिका वडा नम्बर ५ लहरे निवासी २५ वर्षीय दिनेश श्रेष्ठ छन् ।

    घटनालगत्तै उपचारका लागि उनलाई रसुवा अस्पताल पुर्‍याइए पनि निधन भइसकेको रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिलकुमार खरेलले जानकारी दिए ।

    बिहान ट्रकमाथि राखेर स्काभेटर स्याफ्रुबेँसीतर्फ लाँदै गर्दा गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ५ खोपाङ भीरमा सो दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

    images
     

    राजमार्ग छेउमा रहेको धुञ्चे–स्याफ्रु ११ केभी विद्युत् प्रसारण लाइन तारमा मेशिनले कसरी छुन गयो भन्ने सम्बन्धमा प्रहरी अनुसन्धान सुरु गरिएको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology