Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चीनमा तयार कोरोनाविरुद्धको भ्याक्सिन पहिलो पटक सार्वजनिक

चीनमा तयार कोरोनाविरुद्धको भ्याक्सिन पहिलो पटक सार्वजनिक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २२, २०७७ सोमवार • २०:३९:११ बजे
  • 1.3K
    SHARES
  • चीनमा तयार कोरोनाविरुद्धको  भ्याक्सिन पहिलो पटक सार्वजनिक

    एजेन्सी । चीनले पहिलो पटक आफ्नो देशमा तयार गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन एक प्रदर्शनका क्रममा सार्वजनिक गरेको छ । सोमबार बेइजिङमा आयोजना गरिएको एक इभेन्टमा चिनियाँ कम्पनी सिनोभ्याक बायोटेक र सिनोफार्मको तर्फबाट तयार गरिएका भ्याक्सिन प्रदर्शन गरिएको छ । तेस्रो तथा अन्तिम चरणको परीक्षणमा रहेका यी दुई भ्याक्सिन अहिलेसम्म बजारमा आइसकेका छैनन् ।

    images
     

    सिनोभ्याक बायोटेक र सिनोफार्मको तर्फबाट तयार गरिएका कोरोनाविरुद्धका भ्याक्सिनको अहिले तेस्रो तथा अन्तिम चरणको परीक्षण विभिन्न देशमा जारी छ । हजारौँ चिनियाँ नागरिकले भने यो भ्याक्सिन लगाइसकेका छन् ।

    सिनोभ्याक कम्पनीका एक अधिकारीले समाचार संस्था एएफपीलाई जनाए अनुसार कम्पनीले एक वर्षमा ३० करोड भन्दा धेरै उत्पादन गर्न सक्नेगरी तयारी गरिसकिएको छ । निर्माणको काम बढाएर उत्पादन पनि बढाउने तयारी छ ।

     

    चीनको राजधानी बेइजिङमा आयोजित ट्रेड फेयरमा भ्याक्सिन हेर्नका लागि हजारौँ मानिसको उपस्थिति रहेको थियो । कोरोना भाइरसको संक्रमण सुरुवातमा चीनबाट फैलिएकाले धेरै देशले चीनको आलोचना गर्दै आएका छन् । तर, अहिले चीनले आफ्नो छवि सुधार गरिसकेको छ । मे महिनामा चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनमा निर्माण भएको कुनै पनि कोरोनाविरुद्धको भ्याक्सिन जनताको पक्षमा हुने बताएका थिए ।

     

    सिनोफार्म कम्पनीले आफ्नो कम्पनीले उत्पादन गरेको भ्याक्सिनले कोरोनाविरुद्धको एन्टिबडी ३ वर्षसम्म कायम रहने जनाएको छ । तर, अन्तिम नतिजा भने आइसकेको छैन । चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले कोरोनाविरुद्धको भ्याक्सिन सबैको पहुँचमा हुने जनाएको छ । चीनले आफ्ना नागरिकका लागि सित्तैमा भ्याक्सिन लगाउने तयारी गरेको छ । यी दुई भ्याक्सिन परीक्षणको अन्तिम चरणमा छन् ।

     

     

     

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology