Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

यी जिल्लामा छ बाढीको खतरा

यी जिल्लामा छ बाढीको खतरा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ५, २०७९ बिहिवार • १२:१७:३१ बजे
  • 955
    SHARES
  • यी जिल्लामा छ बाढीको खतरा

    मौसममा आएको बदलीका कारण बुधबारदेखी देशका अधिकांश भु-भागमा पानी परेको छ ।

    images

    पानी परेसंगै देशका केही नदी र खोला वरपर आगामी दिनसम्म आकस्मिक बाढी आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाले आगामी तीन दिनसम्म दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, पर्सा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, गुल्मी, स्याङ्जा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र डडेल्धुरा आसपास भई बहने नदि तथा खोलाहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाब समेत हुनसक्ने जनाएको छ ।

    महाशाखाले उक्त जिल्ला भई बहने स–साना नदीहरुका तटीय क्षेत्रमा सतर्कता अपनाउन वरपरका बासिन्दलाई अनुरोध गरेको छ ।

    आगामी तीन दिनसम्म प्रमुख नदीहरु कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाब सामान्य बढ्ने र सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान महाशाखाले गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology