Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

हुम्लामा चट्याङ लागेर ५० बाख्रा मरे

हुम्लामा चट्याङ लागेर ५० बाख्रा मरे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ६, २०७९ शुक्रवार • १०:१२:५५ बजे
  • 865
    SHARES
  • हुम्लामा चट्याङ लागेर ५० बाख्रा मरे

    सिमकोट । हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको रिपगाउँमा चट्याङ लागेर ठूलो सङ्ख्यामा बाख्रा मरेका छन् । चट्याङले सर्केगाडको वडा नं २ का ५० भन्दा बढी बाख्रा मरेका छन् भने एक जना घाइते भएका छन् ।

    images

    रिपको खानी भन्ने स्थानको खर्कमा बाख्रा लगेका बेला परेको चट्याङमा परेर दुई जनाका ५० बढी बाख्रा मरेको सर्केगाड वडा नं २ का वडाध्यक्ष सिद्ध कार्कीले जानकारी दिए ।

    वडाध्यक्ष कार्कीका अनुसार चट्याङले घाइते भएका छक्का कार्कीको अवस्था अहिले सामान्य हूँदै गएको छ । चट्याङ लागेर घाइते हुनेबित्तिकै पिठ्युँमा बोकर रिपस्थित मूलघरमा ल्याइएका कार्कीको अवस्था अहिले सामान्य हुँदै गएको हो ।

    खर्कमा अचानक परेको चट्याङमा परी स्थानीय कार्की र लुड्प्या महताराका ५० बढी बाख्रा तथा दुई गाईगोरु मरेका छन् । चट्याङ परेको स्थान गाउँबाट टाढा भएकाले क्षतिको विस्तृत विवरण नआएको वडाध्यक्ष कार्कीले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology