Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना भाइरस बाट निको हुनेको सङ्ख्या झण्डै दोब्बर

कोरोना भाइरस बाट निको हुनेको सङ्ख्या झण्डै दोब्बर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २३, २०७७ मंगलवार • ०८:१३:२० बजे
  • 1.2K
    SHARES
  • कोरोना भाइरस बाट  निको हुनेको सङ्ख्या झण्डै दोब्बर

    कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुनेको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या झण्डै दोब्बर देखिएको छ ।

    images
     

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ९७९ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने सोही समयमा एक हजार ७३६ जना सङ्क्रमण मुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कोरोनाबाट मुक्त हुनेको सङ्ख्या ३० हजार ६७७ पुगेको छ । अब देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार २५९ रहेको छ ।

    देशका विभिन्न प्रयोगशालामा परीक्षणका क्रममा पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा नौ हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा थप ९७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । अघिल्लो दिनकै हाराहारीमा सोमबार पनि कोरोना पुष्टि भएको हो । आइतबार ९८० जनामा सङ्क्रमण पुष्टि भएको थियो । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology