Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

स्वास्थ्य मन्त्रालयले भन्यो- माक्स अनिवार्य लगाउनुस्

स्वास्थ्य मन्त्रालयले भन्यो- माक्स अनिवार्य लगाउनुस्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ६, २०७९ शुक्रवार • ११:२६:०७ बजे
  • 877
    SHARES
  • स्वास्थ्य मन्त्रालयले भन्यो- माक्स अनिवार्य लगाउनुस्

    नेपालमा पुनः कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माक्स अनिवार्य लगाउन आग्रह गरेको छ ।

    images

    मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले सूचना जारी गर्दै विमानस्थल, हवाई, सार्वजनिक यातायातमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेका हुन् । यस्तै गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने प्रकृतिका स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न भनिएको छ ।

    खोप नलगाएकाहरूले लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ । कसैलाई कोरोना लागे अस्पतालमा गई उपचार गराउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

    नेपालमा केही दिनयता कोरोना संक्रमित बढ्दै गएका छन् । बिहीबार चार सय ३५ जनामा कोरोना देखिएको थियो ।

    तीन हजार ५६९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । हाल देशभर दुई हजार ५३७ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology