Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दार्चुलामा एचआइभी सङ्क्रमित बढ्दै

दार्चुलामा एचआइभी सङ्क्रमित बढ्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ७, २०७९ शनिवार • १७:०८:३३ बजे
  • 571
    SHARES
  • दार्चुलामा एचआइभी सङ्क्रमित बढ्दै

    दार्चुलामा एचआइभी सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको छ । गत आर्थिक वर्षसम्म जिल्ला अस्पतालबाट ४२ जना सङ्क्रमितहरूले एआरटी सेवा लिइरहेका छन् । गत वर्ष तीनजना एचआइभी सङ्क्रमित थपिएका छन् ।

    images

    अहिले जिल्ला अस्पतालबाट सेवा लिनेमध्ये २० पुरुष, २० महिला तथा दुईजना बालबालिका छन् । जिल्ला अस्पताल दार्चुलाका एआरटी काउन्सिलर लोकेन्द्रसिंह धामीले दिएको जानकारीअनुसार ४२ मध्ये एकजनाको एचआइभी एड्सकै कारण गत आर्थिक वर्षमा मृत्यु भयो ।

    आर्थिक वर्ष २०७०–७१ वटा जिल्लामा एआरटी सुरु भएयता एचआइभी एड्सका कारण ६ जनाको ज्यान गएको छ । लेकम गाउँपालिका–१ सर्मौलीका ती युवक अन्तिम अवस्थामा अस्पताल पुगेका कारण बचाउन नसकिएको उनले बताए ।

    धनगढीको सेती अस्पतालमा दुई पटक उपचारमा गए तर बच्न सकेनन् । भारतमा मजदुरी गरेर फर्किएका ती युवकमा एचआइभी सङ्क्रमण अन्तिम अवस्थामा पुगेको थियो ।

    उनका अनुसार जिल्लाको महाकाली नगरपालिकामा पाँच महिला तीन पुरुष गरी आठ जना, शैल्यशिखर नगरपालिकामा पाँच महिला चार पुरुष गरी नौजना एचआइभी सङ्क्रमित छन् ।

    मालिकार्जुन गाउँपालिकामा ६ महिला, चार पुरुष, लेक गाउँपालिकामा चार महिला, चार पुरुष र एक नाबालक, मार्मा गाउँपालिकामा तीन पुरुष र एक नाबालक तथा दुहुँ गाउँपालिकामा दुईजना पुरुषमा एचआइभी सङ्क्रमित रहेको धामीले जानकारी दिए ।

    जिल्लाको अपी हिमाल गाउँपालिका, नौगाड गाउँपालिका तथा व्यास गाउँपालिकामा एचआइभी सङ्क्रमित फेला परेका छैनन् । दार्चुलामा सङ्क्रमितहरुको सङ्ख्या बढ्नुको मुख्य कारण असुरक्षित यौनसम्पर्क हो । भारतसँग सिमाना जोडिएकाले पनि दार्चुलामा एचआइभीको जोखिम झन् बढेको हो ।

    यहाँका अधिकांश नागरिक भारतमा मजदुरी गर्न जान्छन् । लामो समयसम्म भारतमा मजदुरी गर्दा असुरक्षित यौन सम्पर्क गरेर फर्किंदा घरपरिवारमा समेत एचआइभी सङ्क्रमण फैलाउने गरेका छन् ।

    सङ्क्रमितहरूलाई हेर्ने समाजको दृष्टिकोण परिवर्तन नहुँदा पनि महिला पुरुष समयमै उपचारका लागि खुल्न नसक्दा जोखिम बढ्दै गएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology