Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओमान, बहराइन, इजिप्ट र आबुधाबी ४ नियोगले कामदारले राखेकाे ८ करोड ४९ लाख रकम गुपचुप

ओमान, बहराइन, इजिप्ट र आबुधाबी ४ नियोगले कामदारले राखेकाे ८ करोड ४९ लाख रकम गुपचुप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ८, २०७९ आइतवार • ०९:४५:१६ बजे
  • 688
    SHARES
  • ओमान, बहराइन, इजिप्ट र आबुधाबी ४ नियोगले कामदारले  राखेकाे ८ करोड ४९ लाख रकम गुपचुप

    विदेशस्थित नेपाली दूतावास रहेका पाँच नियोगबाट घरेलु कामदारको सुरक्षणबापत सम्बन्धित रोजगारदाताबाट संकलन गरेको ८ करोड ४९ लाख वित्तीय विवरण लुकाएको पाइएको छ ।

    images

    ओमान, बहराइन, इजिप्ट र आबुधाबीसमेत ४ नियोगले घरेलु कामदारको रकम कतै समावेश नगरेको भेटिएको महालेखा कार्यालयको प्रतिवेदनले औंल्याएको छ ।

    नेपाली नियोगले विनियोजनतर्फ वर्षान्तमा निकासामध्ये खर्च भई बाँकी रकम तथा राजस्व रकम वर्षान्तमा दाखिला नगरी अर्को आर्थिक वर्षको प्रथम/दोस्रो चौमासिक निकासाबाट मन्त्रालयले कट्टा गरी हिसाब मिलान गरेको देखिएको छ ।

    ‘उपर्युक्त स्थितिमा मन्त्रालय र नियोगले देखाएको खर्च तथा राजस्व भिडान नहुने समस्या रहेको छ,’ महालेखाले प्रतिवेदनमा भनिएको छ ।

    त्यस्तै, घर र अपार्टमेन्टतर्फ सरकारी निकायले अन्य निकायमा राखेको धरौटी अभिलेख महालेखा परीक्षकद्वारा स्वीकृत ढाँचामा राख्नुपर्ने व्यवस्था भए पनि दूतावासले चान्सरी भवन र कर्मचारी आवास गृह भाडामा लिँदा जेनेभा, हङकङ, कोपेनहेगनलगायत २२ नियोगबाट १ सय २ घर/अपार्टमेन्टका सम्बन्धित घरधनीलाई ६ करोड ७४ लाख सुरक्षणबापत भुक्तानी भएको महालेखा प्रतिवेदनमा उल्लेख छ ।

    याे खबर अाजकाे राजधानी दैनिकमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology