कैलालीको लम्कीचुहा नगरपालिकाको गोरङ्गेस्थित नेपाली सेनाको पृतना तालीम शिक्षालयका ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
शिक्षालयका १ सय २९ जनाको नतिजा नेगेटिभ आएको छ । सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा सोमबार गरिएको ४ सय ४५ नमूनाको परीक्षणमा ७६ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए।
कोभिड–१९ बाट प्रदेशमा सबैभन्दा बढी प्रभावित कैलालीमा कूल सङ्क्रमित र सक्रिय सङ्क्रमित बिरामी बढ्दै गएका छन् ।
हालसम्म कैलालीमा ६, बझाङ र बाजुरामा दुई दुई तथा अछाममा १ गरी प्रदेश भरमा ११ जनाको मृत्यु भएको छ ।