Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ३४७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

थप ३४७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ८, २०७९ आइतवार • १७:४९:१० बजे
  • 862
    SHARES
  • थप ३४७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

    नेपालमा आज कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३४७ जना संक्रमित भएका छन् ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ३६० पीसीआर परीक्षणमा ३०३ जना र १५२८ एन्टिजेन परीक्षणमा ४४ जना गरी ३४७ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार १७७ पुगेको छ ।

    जसमध्ये तीन हजार ३५ जना होम आइसोलेसनमा र १४२ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २२ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology