Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पाल्पामा बस दुर्घटनामा ६ जनाको मृत्यु

पाल्पामा बस दुर्घटनामा ६ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ८, २०७९ आइतवार • १८:१९:१३ बजे
  • 4.3K
    SHARES
  • पाल्पामा बस दुर्घटनामा ६ जनाको मृत्यु

    पाल्पा – पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् ।  

    images

    बाग्लुङको  बुर्तिबाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लगुवामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

    बस दुर्घटनाको कारण खुलेको छैन । घाइतेहरूको तानसेन अस्पतालमा उपचार भइरहेको छ ।

    बसमा २२ जना रहेका भनिए पनि पछि बाटोमा पनि मानिस चढेका हुन सक्ने भएकाले यकिन तथ्याङ्क खुलेको छैन ।

     

    शोकमा डुब्यो दले गाउँ


    कचनकवल गाउँपालिका-५ स्थित दले गाउँ पूरै शोकमा डुबेको छ । आज बिहान एकै गाउँका तीन किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेपछि गाउँ शोकमा डुबेको छ ।


    स्थानीय सुनकोशी चिया बगानमा मजदुरी गर्दै आएका १७ वर्षीया अञ्जली, १६ वर्षीया करिना र १७ वर्षीया कल्पना गणेश एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेपछि गाउँ नै शोकमा डुबेको छ । आज बिहान दले गाउँमा कसैको घरमा चुलोसमेत बलेन ।

    उनीहरु एकै पटक झुण्डिनुको कारणबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए । तीनै जनाको शवलाई धरानस्थित विपी कोइराला मेमोरियल अस्पतालमा शव परीक्षणका लागि पठाइएको उनले बताए ।

     

    ‘नेपालमै पहिलो पटक किशोरीहरुले सामूहिकरूपमा एउटै रुखमा झुण्डिएर मृत्युवरण गरेको यो पहिलो घटना हो’, उनले भने, ‘यसअघि प्रेमी प्रेमिका, एउटै घरका परिवार मात्र यसरी झुण्डिएका घटना थिए । एउटै उमेरका किशोरी यसरी एकै पटक झुण्डिनुमा कसरी सहमति जुट्यो रहस्यमय नै छ ।’ उनले शव परीक्षण रिपोर्टका आधारमा पनि थप अनुसन्धान गर्न सजिलो हुने बताए ।

    मृत भेटिएका मध्ये अञ्जली गणेश र करिना गणेश दिदीबहिनीका छोराछोरी भएको वडा नम्बर ५ का वडाध्यक्ष मोहम्मद नुर आलमले बताए । अञ्जली तीन दिनअघि मात्र करिनाको घरमा आएकी थिइन् । कल्पना करिनाकी छिमेकी हुन् । अञ्जलीको घर सोही वडाको नेपाल भारतसीमा नजिकै रहेको उनको भनाइ छ ।

    ‘तीनै जना आफ्ना अभिभावकसँगै बगानमा मजदुरी गर्थे”, उनले भने, ‘यो घटनाले वडा नै शोकमय बनेको छ । आज बिहान कसैको घरमा खानासमेत पाकेन । विचित्रको घटना भयो ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology