Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

खुकुरी प्रहार गरी श्रीमतीको हत्या, भाग्न खोज्दा श्रीमानको पनि मृत्यु

खुकुरी प्रहार गरी श्रीमतीको हत्या, भाग्न खोज्दा श्रीमानको पनि मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ९, २०७९ सोमवार • ०९:३४:४७ बजे
  • 1.6K
    SHARES
  • खुकुरी प्रहार गरी श्रीमतीको हत्या, भाग्न खोज्दा श्रीमानको पनि मृत्यु

    चितवनको भरतपुरमा एक पुरुषले श्रीमतीमाथि खुकुरी प्रहार गरेर भाग्दा छतबाट झरेर ज्यान गुमाएका छन् ।

    images

    त्यस्तै श्रीमतीको पनि ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार राति करिब साढे १० बजे भरतपुर महानगरपालिका वडा नम्बर १० रमाईलो चोक बस्ने बर्ष ४३ को कृष्णप्रसाद आचार्यले श्रीमतीमाथि खुकुरी प्रहार गरेका थिए ।

    त्यस्पछि भाग्ने क्रममा आचार्य घरको ३ तलामाथिबाट झरेका हुन् । घरायसी बिबाद हुँदा आफ्नै श्रीमती अन्दाजी बर्ष ३५ की रुष्मा आचार्य घिमिरेलाई खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ ।

    आफ्नै घरको तीन तलामाथि रहेको बैठक कोठामा खुकुरी प्रहार गरी गम्भीर घाइते भएकी घिमिरेको उपचारका क्रममा राति करिब ११ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।

    त्यस्तै खुकुरी प्रहार गर्ने श्रीमान कृष्ण प्रसाद ३ तला माथिबाट हामफालेर भाग्न खोज्दा गम्भीर घाईते भएकोमा उनको पनि उपचारकै क्रममा राति ११ बजे नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो।

    उनीहरुको फरक-फरक अस्पतालमा तर एकै समयमा मृत्यु भएको छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology