Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पहिरोले घर पुरिंदा अछाममा एकै परिवारका ३ जनाको मृत्यु

पहिरोले घर पुरिंदा अछाममा एकै परिवारका ३ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ९, २०७९ सोमवार • ०९:३८:२५ बजे
  • 1.1K
    SHARES
  • पहिरोले घर पुरिंदा अछाममा एकै परिवारका ३ जनाको मृत्यु

    मध्यरातमा आएको पहिरोले घर पुरिंदा अछाममा एउटै परिवारका तीन जनाको मृत्यु भएको छ ।

    images

    अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा गएराति १ बजेतिर आएको पहिरोले स्थानीय पदम सिंह विष्टको घर पुरिंदा उनका परिवारका सदस्यहरुको मृत्यु भएका वडा अध्यक्ष नरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

    एकै परिवारका तीन जनाको मृत्यु भएपनि मृतकको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । पहिरोमा पुरिएर एक जना घाइते भएका छन् ।

    उनलाई उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology