Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २३, २०७७ मंगलवार • ११:३३:३६ बजे
  • 1.3K
    SHARES
  • गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

    गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका १ निवासी ६३ बर्षीया महिलाको यहि भदौ २१ गते विहान ९ः१५ बजे बीरेन्द्र अस्पताल छाउनीमा निधन भएको हो ।

    images
     

    ब्रेन ट्युमर र मृगौलाको समस्याबाट पीडित भइ अस्पतालमा उपचाररत महिलाको यहि भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसंगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ ।

    त्यसैगरी गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    चितवनस्थित भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरीएको पिसिआर परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    जसअनुसार संक्रमित हुनेहरुमा नवलपरासी बर्दघाट सुस्ता पूर्वको गैंडाकोटका ५ र कावासोतीका एकजना रहेका छन । त्यस्तै कास्कीको पोखरा महानगरपालिकाका ५ जना रहेका छन ।

    संक्रमित सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर बिनोन बिन्दु शर्माले जानकारी दिए ।

     

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology