Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीको छापा, एक जना पक्राउ

चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीको छापा, एक जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ९, २०७९ सोमवार • १६:३६:१६ बजे
  • 1.3K
    SHARES
  • चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीको छापा, एक जना पक्राउ

    घर भाडामा लिई कल सेन्टर सञ्चालन गरी साइबर धन्दा चलाउने एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    सोमबार काठमाडौंको तीनकुनेमा घर भाडामा लिई कल सेन्टर सञ्चालन गरेर साइबर धन्दा चलाउन चिनियाँलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

    प्रहरीको साइबर अपराधको आशंकामा प्रहरीले उक्त कल सेन्टरमा छापा मारेको थियो । छापा मार्ने क्रममा कल सेन्टरको आवरणमा चिनियाँ नागरिकले गैरकानुनी धन्दा गरेको प्रहरीले प्रमाण फेला पारेको थियो ।

    कल सेन्टरबाट प्रहरीले ल्यापटप बरामद गरेको छ । आइतबार बुटवलमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा पनि छापा प्रहरीले छापा मारेको छ ।

    उक्त कल सेन्टरबाट सञ्चालकसहित डेढ सय युवायुवतीलाई प्रहरीले पक्राउ गरेकोे छ । पछिल्लो समय नेपालमा चिनियाँ नागरिकहरुको आपराधिक गतिविधि सल्बलाउँदै आएको छ ।

    कल सेन्टरका नाममा धन्दा चलाउदै अँएका चिनियाँ नागरिकलाई काठमाडौंको बानेश्वर, सामाखुसी र भक्तपुरबाट यसअघि नै पक्राउ गरेर मुद्दा चलाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology