Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

किरात राई यायोक्खा कुवेतद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग 

किरात राई यायोक्खा कुवेतद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १०, २०७९ मंगलवार • ०९:३९:०९ बजे
  • 1.0K
    SHARES
  • किरात राई यायोक्खा कुवेतद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग 

    कुवेत- किरात राई यायोक्खा कुवेतले दुबै मृगौला पीडित मन्जु राईलाई आर्थिक सहयोग गरेको छ ।

    images

    खोटाङ ऐसेलुखर्कका ५ का दुबै मृगौला पीडित ३२ वर्षीया मन्जु राईलाई मृगौला ट्रान्सपलान्टका लागि किरात राई यायोक्खा कुवेतले रु ६५, ५०० पैसठ्ठी हजार पाँचसय रुपैया ९ असार २०७९ का दिन आर्थिक सहयोग गरेको हो ।

    अभियन्ता शशी थुलुङ राई (साइप्रस) किराया कुवेतका संरक्षक अमित चाम्लिङले बिरामीकै निवास बुढानिलकन्ठ पुगेर आर्थिक सहयोग हस्तान्तरण गरेक हुन्। बिरामीको थप उपचारको लागि सानो भएपनि आर्थिक सहयोग गर्न पाएकोमा किराया कुवेतका अध्यक्ष तथा आर्थिक सहयोग संयोजक मन्जित चाम्लिङ राई र उपाध्यक्ष उमेश राईले  पुर्ण स्वास्थलाभको कामना गरेका छन्।

    मन्जु राई दुबै मृगौला फेलभएर  जिवनको कठिन मोड्मा उभिएको बेला आफ्नै दाजुले एउटा मृगौला दिनेभएपछि सो उपचारको लागि थप सम्भावना भएको हो । अभियन्ता शशी थुलुङ राईले आर्थिक सहयोगि दाताहरु सबैलाई आभार प्रकट सहित बिरामिको नवीन जीवनको लागि सुभकामना व्यक्त गरेकी छन।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology