Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लमजुङमा एक वर्षमा ३ सय बढी दम्पत्तीले गरे सम्बन्ध विच्छेद

लमजुङमा एक वर्षमा ३ सय बढी दम्पत्तीले गरे सम्बन्ध विच्छेद

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १०, २०७९ मंगलवार • १०:२२:३१ बजे
  • 892
    SHARES
  • लमजुङमा एक वर्षमा ३ सय बढी दम्पत्तीले गरे सम्बन्ध विच्छेद

    लमजुङ । जिल्ला अदालत लमजुङमा एक वर्षमा तीन सय ३२ दम्पत्तीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएका छन् । आव ०७८र७९ मा मात्रै अदालतमा आएका मुद्दामध्ये अंशवन्डा र लेनदेनभन्दा सम्बन्धविच्छेदका घटना तीन गुणा बढी देखिन्छ ।

    images

    लमजुङमा पछिल्ला वर्षमा सम्बन्धविच्छेदका घटना बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्षमा दर्ता भएका तीन सय ३२ मुद्दामध्ये दुई सय ६० वटा मुद्दा फर्स्योट भएका छन् भने ६२ वटा फर्स्योट हुन बाँकी रहेका छन् ।

    यसअघि आर्थिक वर्ष ०७७/७८ मा दुई सय ७० वटा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको जिल्ला न्यायाधीश शिवप्रसाद खनालले बताए । उनका अनुसार आर्थिक वर्ष ०७६/७७ मा दुई सय १२ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको थियो ।

    न्यायाधीश खनालका अनुसार अदालतमा वर्षभरिमा दर्ज हुने मुद्दामध्ये सबैभन्दा धेरै मुद्दा सम्बन्ध विच्छेदको हुने गरेको बताए ।

    सामाजिक सञ्जालको बढ्दो प्रयोग, वैदेशिक रोजागार, कम उमेरमा विवाह र अन्य पारिवारिक समस्याका कारण सम्बन्धविच्छेद हुने गरेको जिल्ला अदालत लमजुङका स्रेस्तेदार उदयराज काफ्लेले बताए ।

    उमेर नपुग्दै विवाह गर्ने, फरक जातमा विवाह गर्ने, उमेरको भिन्नता, श्रीमान् वैदेशिक रोजगारमा जाने, बहुविवाह इत्यादि नै सम्बन्धविच्छेदको प्रमुख कारण भएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology