Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपालमा एकैदिन ६३८ जनामा कोरोना पुष्टि, थप दुईको मृत्यु

नेपालमा एकैदिन ६३८ जनामा कोरोना पुष्टि, थप दुईको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १०, २०७९ मंगलवार • १६:४५:४६ बजे
  • 649
    SHARES
  • नेपालमा एकैदिन ६३८ जनामा कोरोना पुष्टि, थप दुईको मृत्यु

    पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार २ हजार २१५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय जना र २ हजार ८४० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २३८ जनामा कोरोना पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २६ हजार ३२० पुगेको छ । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ३७ सय नाघेको छ ।

    मन्त्रालयका अनुसार हाल नेपालमा ३ हजार ७१४ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण थप दुईको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९५९ पुगेका छन् ।

    त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय १८ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६८ हजार ८०२ पुगेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology