Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पहिराले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

पहिराले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १२, २०७९ बिहिवार • ०९:५६:५४ बजे
  • 853
    SHARES
  • पहिराले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

    अविरल वर्षासँगै आएको बाढी पहिराले गए रातिदेखि डुम्रे बेँसीसहर सडकखण्ड पुनः अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिराले सडक अवरुद्ध बनाएको हो ।

    images

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीका अनुसार वैकल्पिक सडकको रुपमा रहेको श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडकमाथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो आएर सडक अवरुद्ध बनेको छ ।

    सडक अवरुद्धका कारण कुनै पनि सवारी साधन चल्न नसकेको उहाँले बताउनुभयो । रातिदेखि निरन्तर वर्षा भइरहेको र बिहानसम्म पनि वर्षा जारी भएकाले हल्का लेदोसहितको पहिरा खसिरहेको छ ।

    गत भदौ महिनामा आएको बाढीले सो सडकको देउराली डाँडामा सडक बगाएको थियो । सोपश्चात् वैकल्पिक सडकका रुपमा सोहीमाथि जङ्गल हुँदै वैकल्पिक सडक सुचारु गर्दै आए पनि गत असारको पहिलो हप्ता आएको बाढी पहिराले सो सडकसमेत बगाएपछि उक्त स्थानबाट वैकल्पिकरुपमा सडक सञ्चालन हुँदै आएको छ ।

    वैकल्पिक सडकसमेत सोही पहिराले पटक–पटक अवरुद्ध बनाउँदै आउँदा यात्रु मारमा पर्दै आएका छन् । बेँसीसहरबाट काठमाडौं पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीसहर आउने यात्रुलाई समस्या हुँदै आएको छ ।

    त्यस्तै, उक्त सडक हुँदै मनाङवासीसमेत आवतजावत गर्ने गर्छन् । उनीहरुलाई समेत समस्या उत्पन्न भइरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology