Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दश वर्षीय बालकलाई कुटपिट गरेको आरोपमा एक महिला पक्राउ

दश वर्षीय बालकलाई कुटपिट गरेको आरोपमा एक महिला पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १२, २०७९ बिहिवार • १०:२८:०७ बजे
  • 619
    SHARES
  • दश वर्षीय बालकलाई कुटपिट गरेको आरोपमा एक महिला पक्राउ

    दश वर्षीय बालकलाई कुटपिट गरेको आरोपममा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images

    जिल्लाको सिद्धिचरण नगरपालिका ११ की अन्दाजी ३८ वर्षीया सम्झना श्रेष्ठलाई छिमेकी बालकलाई कुटपिट गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

    केहि दिन अघि केटाकेटी खेल्ने क्रममा भएको सामान्य विवादलाई लिएर श्रेष्ठले बालकलाई मरणासन्न हुने गरी कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

    पीडित बालकको आफन्तले दिएको जाहेरीका आधारमा श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख (डीएसपी) सुकदेव खनालले जानकारी दिए ।

    कुटपिटबाट घाईते भएका बालकको सामुदायिक अस्पताल सोब्रुमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौंको एक अस्पतालमा उपचार भैरहेको छ ।

    कुटपिटपछि बालकले बारम्बार बान्ता गरिरहेकाले उनको टाउकोमा समस्या भएको हुनसक्ने पारिवारीक स्रोतले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology