Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नायिका मिरुना मगर र फिल्म प्राविधिक ठकुरीविरुद्ध मुद्दा दर्ता

नायिका मिरुना मगर र फिल्म प्राविधिक ठकुरीविरुद्ध मुद्दा दर्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १२, २०७९ बिहिवार • १३:१३:४९ बजे
  • 1.1K
    SHARES
  • नायिका मिरुना मगर र फिल्म प्राविधिक ठकुरीविरुद्ध मुद्दा दर्ता

    अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता भएको छ।

    images

    काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले वादीको तर्फबाट मुद्दा दर्ता गर्दै कानुन बमोजिम सजायको माग गरेका हुन्।

    माफी माग्न अभिनेत्री मगरले बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएको फुर्र्वाले उजुरीमा उल्लेख गरेका छन्। फिल्म प्राविधिक ठकुरीले मिरुनालाई उक्साउने काम गरेको भन्दै उनीविरुद्ध पनि कारवाहीको माग गरिएको छ।

    गत जेठ १५ गते काठमाडौंको सिभिल मलस्थित एक कफी सपमा कबड्डी ४ फिल्मको प्रचारको लागि पुगेकी मिरुनाले आफूलाई फुर्वाले दुव्र्यवहार गरेको भन्दै थप्पड हानेकी थिइन्।

    यो प्रकरण चर्किएपछि बौद्ध भिक्षु र बौद्ध समुदाय फिल्मविरुद्ध प्रदर्शनमा उत्रिएका थिए। फिल्म र बौद्ध समुदायबीच आइन्दा विवाद नगर्ने भन्दै माफी मागेर सहमति भएको थियो।

    मिरुना ‘कबड्डी ४’ की अभिनेत्री हुन् भने ठकुरी फिल्म प्राविधिकको रुपमा कार्यरत थिए। मिरुना यतिबेला लण्डनमा रहेकी छन्।

  • सम्बन्धित विषय:

  • # नायिका मिरुना मगर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology