Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बञ्चरेडाँडामा भदौ १ देखि सँधैका लागि फोहोर फाल्न नदिने स्थानीयको घोषणा

बञ्चरेडाँडामा भदौ १ देखि सँधैका लागि फोहोर फाल्न नदिने स्थानीयको घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १२, २०७९ बिहिवार • १७:२२:०३ बजे
  • 748
    SHARES
  • बञ्चरेडाँडामा भदौ १ देखि सँधैका लागि फोहोर फाल्न नदिने स्थानीयको घोषणा

    काठमाडौं उपत्यकाको फोहोर सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा भदौ १ देखि सँधैका लागि फाल्न नदिने स्थानीयले घोषणा गरेका छन् ।

    images

    आज पत्रकार सम्मलेन गर्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले १ भदौदेखि सधैंका लागि उपत्यकाको फोहोर फाल्ने नदिने घोषणा गरेको हो ।

    महानगरले सम्झौता अनुुसार काम नगरेको, उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्चरेडाँडावासीलाई बेवास्ता गर्न खोजेको सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले बताए ।

    समितिले महानगरलाई साउन पाँच गते सम्म विगतमा भएको सहमति कार्यन्वयन गर्न चूनौती दिएको हो । बञ्चरेडाँडाका मानिसहरुको जिउधनको रक्षागर्ने, हाम्रो मागहरु पूरा गर्ने ग्यारेन्टी गरे मात्रै १ भदौदेखि फोहोर जान पाउँछ , नत्र पाँउदैन।’

    ढुंगानाले भने । काठमाण्डौँमा फोहोर नउठ्दा दुर्गन्ध फैलिएर महामारीको जोखिम बढिरहेको छ । महानगरले सम्झौता लागू नगरेको गुनासो स्थानीयवासीको भनाई छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology